coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीप दिल्लीमै रहने

काठमाडाैं - इन्डीयन प्रिमियर लिग (आइपीएल) काे अागामी सिजनमा सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समै रहने भएका छन्। दिल्लीले सन्दिपलाई रिटेन राखेपछि सन्दिप आगामी सिजन दिल्लीमै रहने भएका हुन्। दिल्लीले १४ खेलाडीलाई रिटेन गरेको छ भने १० खेलाडीलाई रिलिज गरेको छ।

दिल्लीले क्रिकेटका ठुला हस्तीलाई रिलिज गरेको छ जसमा गत सिजन दिल्लीका कप्तान रहेका गौतम गाम्भीर, जेसन रोय, ग्लेन म्याक्सवेल, ड्यान क्रिस्टिएन, लियाम प्लनकेट, जुनीयर डाला रहेका छन्। यस्तै दिल्लीले गुरकीरत मान, मोहम्मद शामी, सायन घोष र नमन ओझालाई समेत टोलीबाट रिलीज गरेको छ।

रिटेन गरिएका खेलाडीमा नेपालका सन्दीपसँगै श्रेयस अय्यर, पृथ्वी शा, रिशभ पन्त, मनजोत कल्रा, कोलिन मुन्रो, क्रिश मोरिस, जयन्त यादव, राहुल तेवतिया, हर्शल पटेल, अमित मिश्रा, कगिसो रबाडा, ट्रेन्ट बोल्ट, अवेश खान रहेका छन्।

अागामी सिजनकाे आईपीएल नियमित मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ। मे महिनामा विश्वकप भएका कारण आईपीएल निर्धारित मिती भन्दा केहि अघि हुने भएकाे हाे।

 

 

प्रकाशित: २९ कार्तिक २०७५ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App