२७ असार २०७७ शनिबार
खेल

दुर्गममा अस्पताल भवन बनाउन कार्कीकाे दौड

काठमाडौं - दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले पूरा गरेका छन्। करिब २५ किलोमिटर दूरीको दौड कार्कीले २ घण्टा समय लगाएर पूरा गरे।

कार्कीले २५१ औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंग्याएका थिए। सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान समेत गरेको थियो। कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नगद ५ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

दौडबाट संकलन हुने रकम कालिकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोग स्वरुप हस्तान्तरण गर्ने कार्कीले बताए।

यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर उनले ७५ जिल्ला पुगिसकेकाे बताए। कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन्। त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए।

प्रकाशित: २५ कार्तिक २०७५ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App