८ वैशाख २०८१ शनिबार
खेल

विराटनगरद्वारा चितवनसामु १४६ रनको लक्ष्य, आलम र धमलाको उत्कृष्ट प्रदर्शन

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएपछि चितवनले १४६ रनको लक्ष्य पाएको हो। विराटनगरका लागि ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो विकेटका रुपमा ८७ रनको साझेदारी गरे।

आलम पहिलो विकेटका रुपमा अर्धशतक प्रहार गर्दै आउट भए। उनले ४७ बलमा ६ चौंका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए। सुनिल धमलाले ४७ रन बनाए। अर्धशतक बनाउनबाट ३ रनले चुकेका धमलाले ४५ बलमा ७ चौंका प्रहार गरे। त्यस्तै प्रदिप ऐरी र पुष्प थापाले समान ११–११ रनको योगदान दिए।

अन्य ३ जना खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। चितवनका लागि सुमित पटेल र कप्तान पारस खड्काले २–२ तथा करण केसीले एक विकेट लिए। विराटनगर प्रतियोगिताबाट बाहिरिसकेकाले चितवनलाई यो खेलको जित निकै महत्वपूर्ण रहेको छ।

प्रकाशित: १७ कार्तिक २०७५ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App