१५ चैत्र २०८० बिहीबार
खेल

काठमाडौंद्वारा पोेखरासामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत

पोखरा पल्टनविरुद्ध ब्याटिङ गर्दै काठमाडौं रोयल्सका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनायो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए। मल्लले २८ बलको सामना गर्दै ३ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अमित श्रेष्ठले १७ बलमा ३ चौंका र १ छक्काको सहायतामा २१, बसन्त रेग्मीले १२ बलमा नटअाउट १९ र पवन सर्राफले १९ बलमा १२ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका जयकिशन कोल्सवाला र गौरव तोमार आज शून्य रनमा आउट भए। अन्य ५ खेलाडीले पनि दाेहाेराे रन जाेड्न सकेनन्। काठमाडौं रोयल्सलाई १०३ रनमा समेटन पोखरा पल्टनका ललितनारायण राजवंशीले ३, मोहम्मद नाभिद र रासिद खानले २–२ र विक्रम भुषालले १ विकेट लिए।  

समूह चरणको अन्तिम खेलअघि ४ खेलबाट ६ अंक जोडेको काठमाडौं तालिकाको पहिलो र समान खेलबाट ४ अंक जोडेको पोखरा पाँचौं स्थानमा छ। आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण छ। पोखरालाई हराउन सके काठमाडौंले सिधै फाइनल यात्रा तय गर्नेछ। पोखरा पनि काठमाडौंलाई हराएर प्ले अफ पुग्न चाहन्छ। प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले प्ले अफ खेल्नेछ।

प्रकाशित: १७ कार्तिक २०७५ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App