५ वैशाख २०८१ बुधबार
खेल

चितवन राइनोजद्वारा धनगढी ब्लुजसामु १९४ रनको उच्च योगफल प्रस्तुत

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन चितवन राइनोजले धनगढी ब्लुजलाई जितका लागि १९४ रनको उच्च लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाइ १९३ रन बनाएको छ। चितवनका लागि पहिलो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह र अनिकुमार शाहले १०१ रनको उच्च साझेदारी गरे। यो प्रतियोगिताकै सर्वाधिक ठूलो साझेदारी हो।

पहिलो विकेटका रुपमा अनिलकुमार शाह १०.४ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा ३७ रन बनाउँदै दिलिप नाथबाट क्याच आउट भए। उनले ३४ बलमा १ चौंका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका रुपमा आउट हुनुअघि हरिशंकर शाहले सर्वाधिक ५३ रनको योगदान दिए। उनी ११.३ ओभरमा योगेन्द्रसिंह कार्कीको बलमा विकेटकिपर दिलिप नाथबाट क्याच भए। क्याच हुनुअघि योगेन्द्रले ३३ बलमा ६ चौंका र ३ छक्का प्रहार गरे।

अन्य ब्याट्सम्यानमा सन्नी पटेलले नटआउट २६, सुमित पटेलले २४, पारस खड्काले १९ र करण केसीले नटआउट ११ रनको योगदान दिए। धनगढी ब्लुजका लागि दिपेन्द्रसिंह ऐरी, डेनियल लरेन्स, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले एक–एक विकेट लिए।

प्रकाशित: १४ कार्तिक २०७५ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App