२२ श्रावण २०७७ बिहीबार
खेल

चन्द्रागिरीमा विश्वकपको ट्रफी (फाेटाे फिचर)

तस्बिरः सुजन श्रेष्ठ/नागरिक

काठमाडौं – नेपाल टुरमा रहेको विश्वकपको ट्रफी आइतबार काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल ल्याइएको ट्रफी आज चन्द्रागिरीमा सार्वजनिक गरिएको हो।

चन्द्रागिरीमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन्। आजै ट्रफी प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाउने कार्यक्रम रहेको छ। यस्तै ट्रफीलाई  वसन्तपुर लगिने कार्यक्रम छ।

यस अघि शुक्रबार बेलुका ट्रफि काठमाडौंको स्वयम्भुमा सार्वजनिक गरिसकिएको छ भने शनिबार पोखरामा सार्वजनिक गरिएको थियो।

अइसिसीका अनुसार शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई सोमबार नेपालबाट लगिने छ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।

तस्बिर सबैः सुजन श्रेष्ठ/नागरिक

तस्बिरः सुजन श्रेष्ठ/नागरिक
तस्बिरः सुजन श्रेष्ठ/नागरिक
तस्बिरः सुजन श्रेष्ठ/नागरिक
तस्बिरः सुजन श्रेष्ठ/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App