coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

काठमाडौंले धनगढीलाई दियो १८१ रनको लक्ष्य, टोमारको बिष्फोटक ब्याटिङ

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको उच्च योगफल बनाएको हाे। काठमाडौंका लागि गौरब टोमार शतक बनाउनबाट मात्र ५ रनले चुके। टोमारले ४४ बलमा ४ चौंका र १० छक्का प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए। उनी १९.३ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा सन्दीप सुनारको हातबाट क्याच आउट भए।

नरेश बुढाऐरले पनि नटआउट ३६ रन जोडे। उनले २४ बलमा २ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै जयकिशन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन बनाए। अमरसिंह रोउटेला २ रनमा अभिजित रहे। धनगढीका लागि पिटर ट्रिगो, सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्ल र धनगढीको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन्।

प्रकाशित: १० कार्तिक २०७५ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App