८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप क्रिकेट ट्रफी नेपालमा

काठमाडाैं - इङ्ल्याण्ड र वेल्सले अर्को वर्ष संयुक्त रुपमा आयोजना गर्ने आइसिसि विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी शुक्रबार नेपाल ल्याइएको छ। ट्रफीलाई शुक्रबार नै स्वयम्भुमा प्रदर्शन समेत गरिएको छ। ट्रफीलाई युएईबाट शुक्रबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको हो।

नेपालमा क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो। विश्वका केहि राष्ट्रमा ट्रफी प्रदर्शन गर्ने आइसिसिको कार्यतालिका बमोजिम ट्रफी नेपालमा ल्याइएको आइसिसिकी नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन। शुक्रबार काठमाडौं आइपुगेको ट्रफीलाई सोमबार सम्म नेपालमा राखिने छ। ट्रफीलाई शनिबार पोखरा लगिने घिमिरेले जानकारी दिइन्। पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) सञ्चालन भइरहेको र सम्पूर्ण क्रिकेट खेलाडी तथा पदाधिकारीहरु समेत पोखरामै रहेका कारण ट्रफी पोखरा लगिन लागिएको र पोखरा रंगशालामा प्रदर्शनमा राखिने घिमिरेले जानकारी दिइन्।

ट्रफिलाई शनिबार नै पोखराबाट काठमाडौं ल्याइने र आइतबार चन्द्रागिरी तथा सोमबार वसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनका लागि राखिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ। विश्वकप क्रिकेट प्रतियोगिता आगामि वर्ष ३० मे देखि १४ जुलाई सम्म आयोजना हुँदैछ। विश्वकपमा कुल १० राष्ट्रको सहभागिता रहेको छ।

प्रकाशित: ९ कार्तिक २०७५ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App