coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः महरा

तस्बिरः रासस

पोखरा–सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन्। क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए।

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पुर्याउने सभामुख महराको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताए।

‘प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ,’ उनले भने। खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको बताउँदै उनले पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको बताएका थिए।  रासस

प्रकाशित: ९ कार्तिक २०७५ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App