coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतद्वारा शृंखला क्लिनस्विप

वेष्ट इन्डिजका सामाेन ग्याब्रियलकाे विकेट लिएपछि भारतका उमेश यादव (बायाँ) । तस्बिर : एजेन्सी

राजकोट - तीव्र गतिका बलर उमेश यादवको उत्कृष्ट बलिङप्रेरित भारतले आइतबार दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १० विकेटले हराउँदै २ टेस्ट शृंखला २–० ले क्लिनस्विप गरेको छ।

वेस्ट इन्डिज दोस्रो इनिङमा  १२७ रनमा सीमित भएपछि भारतले जितका लागि ७२ रनको झीनो लक्ष्य पाएको थियो  । भारतले १६.१ ओभरमा विनाविकेट क्षति उक्त लक्ष्य भेट्टाएको थियो। भारतका ओपनर लोकेश राहुल र पृथ्वी शाहले समान ३३ रनको योगदान गरे भने टोलीले ९ रन अतिरिक्तका रूपमा पाएको थियो। ४५ बल खेलेका शाहले ४ चौका प्रहार गर्दा लोकेशले ५३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

वेस्ट इन्डिज दोस्रो इनिङमा  १२७ रनमा सीमित भएपछि भारतले जितका लागि ७२ रनको झीनो लक्ष्य पाएको थियो  । भारतले १६.१ ओभरमा विनाविकेट क्षति उक्त लक्ष्य भेट्टाएको थियो ।

यसअघि ३०८–४ बाट तेस्रो दिनको खेल सुरु गरेको भारतले थप ५९ रन जोड्दा बाँकी ७  विकेट गुमाएको थियो । भारतले पहिलो इनिङमा ५६ रनको सामान्य अग्रता बनाएको थियो । दोस्रो दिन अविजित ८५ मा खेलिरहेका ऋषभ पन्तले थप ७ रन जोडे भने ७५ रनमा अविजित रहेका अजिन्क्या रहानेले थप ५ रन जोडे । १ सय ३४ बल खेलेका पन्तले ११ चौका र १ छक्काको मद्दतमा ९२ रन प्रहार गर्दा १ सय ८३ बलको सामना गरेका रहानेले ७ चौकाको मद्दतमा ८० रन जोडे । रहाने र पन्तले पाँचांै विकेटका लागि १ सय ५२ रनको साझेदारी गरेका थिए । त्यस्तै ८३ बल खेलेका रविचन्द्रन आश्विनले ४ चौकाको मद्दतमा ३५ रन जोडे।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरको जादुमयी बलिङमा घरेलु टोली सहज स्थितिबाट पनि अग्रता फराकिलो बनाउन चुकेको थियो । रहानेलाई साई होपबाट क्याच गराएका होल्डरले रवीन्द्र जडेजालाई खाता नखोल्दै एलबिडब्लुको सिकार बनाएका थिए भने ६ रन जोडेका कुलदीप यादवलाई बोल्ड गरेका थिए । पन्त र आश्विनलाई भने सानोन ग्याब्रियलले पवेलियनको बाटो देखाएका थिए।

भारत पहिलो इनिङमा ३ सय ६७ रनमा सीमित भएपछि आइतबारै  दोस्रो इनिङ सुरु गरेको वेस्ट इन्डिजले मात्र १ सय २७ रन जाड्न सक्यो।

पहिलो ओभरको दोस्रो बलमा यावदले ओपनर क्रायग ब्राथवाइटलाई विकेटकिपर ऋषभबाट क्याच गराउँदै वेस्ट इन्डिजलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा आश्विनले अर्का ओपनर काइरेन पावेललाई रहानेबाट क्याच गराएपछि वेस्ट इन्डिज ६–२ को स्थितिमा थियो । तेस्रो विकेटका लागि सिमोन हेडमेय र होपले ३९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकास्ने प्रयास गरेका थिए । त्यसपछि आएका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा वेस्ट इन्डिजको इनिङ सस्तोमा सीमित थियो।

वेस्ट इन्डिजका सुनील एम्ब्रेसले ३८ तथा होपले २८ रनको योगदान गरे। भारतका यादवले ४, जडेजाले २, आश्विनले २ र कुलदीपले १ विकेट लिए।

 

 

 

प्रकाशित: २९ आश्विन २०७५ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App