१६ चैत्र २०८० शुक्रबार
खेल

साफ यु–१५ फुटबल टोली घोषणा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार साफ यु–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ।

एन्फाले प्रतियोगिताका लागि पहिलो चरणमा ४५ खेलाडीलाई अभ्यासमा सहभागी गराएको थियो । एन्फाले मंगलबार २३ खेलाडीको घोषणा गरेको हो । टोलीको मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा मनीष तिमल्सिना रहेका छन्।

घोषित टोलीमा ८ रक्षक, ४ स्ट्राइकर,३ गोलकिपर र ८ मिडफिल्डर समावेश गरिएको छ ।कात्तिक ८ देखि १७ सम्म सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहनेछ।

नेपालले समूह ‘ए’ मा माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ  भने समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तान छन् । श्रीलंकाले गत साता प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि गत साता पुनः नयाँ खेलतालिका सार्वजनिक गरेको थियो । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालले पहिलो खेल कात्तिक १० मा माल्दिभ्सविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा  कात्तिक १४ गते बंलादेशको सामना गर्नेछ । नेपाल प्रतियोगिताको साबिक उपविजेता हो । गत वर्ष घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो।

नेपाली टोली:
गोलकिपर : रोशन नेपाल, रोशन मगर,विनय श्रेष्ठ
रक्षक : निवास फुयाल,जान लिम्बु, रमेश गुरुङ, रमेश थापा, हृदयेश ठकुरी, रोजित परियार, सुशील अधिकारी, सिर्जन दानी
मिडफिल्डर : प्रदीप लम्साल, राकेश विक, मनग्य नकर्मी, दीपेश गुरुङ, प्रवीन मगर, धीरज बलायर, शशांक बोहोरा, नीराजन मल्ल
स्ट्राइकर : नमस थापा, दीपेश राई, सोनम गुरुङ र रोहित सुब्बा

प्रकाशित: २३ आश्विन २०७५ २३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App