२३ असार २०७७ मंगलबार
खेल

केइटा अस्पताल भर्ना

लन्डन – च्याम्पियन्स लिगअन्तर्गत बुधबार भएको लिभरपुल र नेपोलीबीचको खेलमा घाइते भएका लिभरपुलका मिडफिल्डर नाबी केइटा अस्पताल भर्ना भएको क्लबले जनाएको छ। 

अघिल्लो सिजन जर्मन क्लब आरबी लिपिजिगबाट ५ करोड २० लाख पाउन्डमा लिभरपुलमा अनुबन्धित २३ वर्षे  केइटा १९औं मिनेटको खेल चलिरहँदा घाइते भएका थिए । उक्त खेलमा लिभरपुल १–० ले पराजित भएको थियो ।  केइटा पहिलो हाफमा घाइते भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। 

नेपोलीको घरेलु मैदान सान पाउलोमा भएको खेलमा घाइते भएका केइटाको स्थानमा वैकल्पिक खेलाडी जोर्डन हेन्डर्सन मैदान प्रवेश गरेका थिए। 

केइटाले बाँकी खेल खेल्छन् वा गुमाउँछन् भन्नेबारे अहिलेसम्म क्लबले कुनै धारणा व्यक्त गरेकौ छैन । लिगमा ९ खेल खेलेको लिभरपुलका लागि केइटाले पछिल्ला चार खेलमा पहिलो रोजाइमा पर्दै आएका छन्। 

प्रकाशित: १९ आश्विन २०७५ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App