८ वैशाख २०८१ शनिबार
खेल

पोग्बाद्वारा रक्षात्मक रणनीतिको आलोचना

लन्डन – म्यानचेस्टर युनाइटेडका खेलाडी पाउल पोग्बाले शनिबार उल्भरह्याम्पटनविरुद्ध टोलीले बराबरीको नतिजा निकालेपछि प्रशिक्षक जोजे माउरिन्होले अवलम्बन गरेको रक्षात्मक रणनीतिको आलोचना गरेका छन् । विश्वकप विजेता फ्रान्सेली टोलीका २५ वर्षीय मिडफिल्डर पोग्बाले घरेलु मैदानमा भएको खेलमा आक्रमण नगर्नेलाई क्षमा दिन नसकिने बताए।

शीर्ष स्थानको लिभरपुलभन्दा  आठ अंकले पछि पर्दै प्रिमियरलिग अंकतालिकाको सातौं स्थानमा सीमित युनाइटेडले पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन रंगशालामै उपस्थित रहेको खेलमा उक्त बराबरी नतिजा निकालेको थियो । गत मे महिनामा मस्तिष्कको शल्यक्रिया गराएपछि फर्गुसन पहिलो पटक मैदानमा उपस्थित भएका हुन्।

‘हामी घरेलु मैदानमा थियौं । आफ्नो घरमा खेल्न पाउँदा हामीले उल्भसविरुद्ध योभन्दा धेरै राम्रो प्रदर्शन गर्नुपथ्र्यो । हामीले घरेलु मैदानमा पूर्ण आक्रामक भएर खेल्नुपर्ने थियो,’ खेलपछि सञ्चारमाध्यमसँगको कुराकानीमा पोग्बाले भने, ‘आक्रामक रणनीतिमा खेलेको भए हामीलाई सजिलो हुन्थ्यो।’

‘म एउटा खेलाडी मात्र हुँ । कस्तो रणनीतिमा खेल्ने भन्ने निर्णय गर्ने म होइन।’ 

आक्रामक खेल्न केले रोकेको थियो भन्ने प्रश्नमा पोग्बाको जबाफ थियो, ‘मलाई थाहा छैन । म एउटा खेलाडी मात्र हुँ । कस्तो रणनीतिमा खेल्ने भन्ने निर्णय गर्ने म होइन ।’ पोर्चुगाली प्रशिक्षक माउरिन्होसँग खटपट भएको समाचार सार्वजनिक भएको केही दिनमै पोग्बाले यस्तो आलोचना गरेका हुन् । शुक्रबार माउरिन्होले विश्वकपको सफलताले पोग्बालाई राम्रो प्रदर्शनका लागि प्रेरित गरेको बताएपछि दुईबीच खटपट भएको चर्चा चलेको थियो। 

दुई वर्षअघि तत्कालिन विश्व कीर्तिमानी ११ करोड ६० लाख डलरमा युभेन्ट्सबाट ओल्ड ट्राफोर्ड आएयता पोग्बाले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । जसबाट प्रशिक्षक माउरिन्हो निक्कै निराश छन् । जसका कारण विश्वकप सकिएलगत्तै माउरिन्होले पोग्बाले विश्वकपको जस्तै प्रदर्शन लिगमा पनि दोहोर्याउनुपर्ने भन्दै खेलाडीप्रतिको असन्तुष्टि पोखेका थिए। 

‘हामीले आक्रामक फुटबल खेलेको खेल्यै गर्ने हो भने सबै टिम हामीसँग डराउनेछन्। आफैं रक्षात्मक भएर अरूलाई मौका दिनु हाम्रो आफ्नै गल्ती हो,’ पोग्बाले भनेका छन्, ‘गत सिजन टोटेनह्याम, लिभरपुल, चेल्सी र आर्सनलसँग जस्तो एकोहोरो आक्रमणमा केन्द्रित हुने हो भने हामी सफल नतिजा ल्याउन सक्छौं।’

प्रकाशित: १० आश्विन २०७५ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App