८ वैशाख २०८१ शनिबार
खेल

‘फिफा र एएफसीले छानबिन गर्दै’

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले गत वैशाखमा भएको निर्वाचनमा वर्तमान नेतृत्वले व्यापक मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाएका छन्। 

फिफा र एएफसीको कोड अफ इथिक्सविपरीत निर्वाचन कमिटीका सदस्यलाई ज्यान मार्ने धम्की दिनाका साथै केहीलाई आर्थिक प्रलोभनमा पार्दै कर्माछिरिङ शेर्पाको प्यानलले संघमा कब्जा गरेको कुँवरले सोमबार पत्रकार सम्मेलन गर्दै आरोप लगाए । कुँवरले अध्यक्ष पदमा शेर्पाविरुद्ध उम्मेदवारी दिएर अन्तिम समयमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा धेरै अनियमितता भएको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए। 

‘त्यो निर्वाचनमा विधानविपरीत विभिन्न आपराधिक क्रियाकलापका साथै व्यापक मात्रामा आर्थिक चलखेल भइरहेको जानकारी पाएपछि मैले आफ्नो उम्मेदवारी फिर्ता लिनुपरेको त्यो बेला नै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थिएँ । त्यो बेला मसँग ठोस प्रमाण थिएन । अहिले मसँग सबैखाले प्रमाण प्राप्त भएको जानकारी गराउँदछु,’ कुँवरले सोमबार पत्रकार सम्मेलनमा भने, ‘मैले त्यो बेला दूषित रूपमा हुन लागेको चुनावलाई नस्विकारेर नेपाली फुटबललाई बचाउने प्रयासस्वरूप उम्मेदवारी फिर्ता लिएको थिएँ । त्यो बेला चुनावमा भाग लिएको भए अहिले मलाई सबैखाले प्रमाण प्राप्त हुँदा पनि बोल्ने नैतिक आधार हुँदैनथ्यो।’

एन्फाको वर्तमान नेतृत्वले चुनाव जित्ने क्रममा न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभावमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँडेको, मतदातालाई नेपाल तथा भारतमा लगेर ठूलो धनराशि खर्च गरेको, चुनावलगत्तै मतदातालाई युरोप भ्रमण गराएको, मतदाता तथा सहयोगीलाई सयौं हवाई टिकट उपलब्ध गराएकोलगायतका आरोप कुँवरले लगाएका छन्। 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्षसमेत रहेका कुँवरले वर्तमान एन्फा नेतृत्वलाई ६ वटा गम्भीर आरोप लगाउँदै आफूसँग सबै आरोपको प्रमाण भएको दाबी गरेका छन् । एन्फाको वर्तमान नेतृत्वले चुनाव जित्ने क्रममा न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभावमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँडेको, मतदातालाई नेपाल तथा भारतमा लगेर ठूलो धनराशि खर्च गरेको, चुनावलगत्तै मतदातालाई युरोप भ्रमण गराएको, मतदाता तथा सहयोगीलाई सयौं हवाई टिकट उपलब्ध गराएकोलगायतका आरोप कुँवरले लगाएका छन्। 

निर्वाचन दौरान वर्तमान एन्फा नेतृत्वले फिफा तथा एएफसीको  कोड अफ इथिक्सविपरीत काम गरेको प्रमाण आफूसँग प्राप्त भएको भन्दै कुँवरले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेलगायतका पदाधिकारीहरूमाथि कारबाही हुने दाबी गरे। 

‘निर्वाचनमा भएका सबै गलत कामको मसँग प्रमाण छन् । मैले ती प्रमाण फिफा र एएफसीमा अनुसन्धानका लागि पठाइसकेको छु । फिफा र एएफसीले अनुसन्धान सुरु गरिसकेको छ । त्यसैले कोड अफ इथिक्स विपरीत काम गर्ने एन्फाका अध्यक्ष शेर्पा, उपाध्यक्ष नेम्वाङ र अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेसहित दोषीमाथि फिफाबाट कारबाही हुनेमा विश्वस्त छु,’ कुँवरले भने।

कुँवरले जर्मन नागरिकता भएका गैरआवासीय नेपाली पाँडेलाई नेपालको प्रतिनिधिका रूपमा फिफा कंग्रेसमा सहभागी गराएको विषयमा पनि विरोध जनाए ।  रूसमा सम्पन्न विश्वकपमा एन्फालाई प्राप्त टिकटको खरिद र बिक्री प्रक्रियामा पनि उनले प्रश्न गरे । ‘निर्वाचनपछिको छोटो समयमा भएका धेरै गलत कामको विषयमा म अहिले जान चाहन्नँ।

तर विदेशी नागरिक नवीन पाँडेलाई फिफा कांग्रेसमा नेपालको प्रतिनिधिका रूपमा पठाएको विषयमा एउटा विदेशीले नेपालको प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने प्रश्न मैले उठाएको थिएँ,’ कुँवरले भने, ‘यसै गरी रूस विश्वकपका लागि फिफाको टिकट कसरी खरिद गरियो र कुन मापदण्डअनुसार वितरण गरियो भन्ने विषयमा पनि छानबिन गर्नका लागि मैले राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थिएँ । तर यस विषयमा मन्त्रालय र परिषद्बाट कुनै कदम चालिएको मेरो जानकारीमा छैन । यसमा मन्त्रालय र परिषद्को स्पष्ट धारणा आउनु आवश्यक रहेको ठान्दछु।’ 

पाँडेको नियुक्तिलाई गैरकानुनी भन्दै कुँवरले विरोध जनाए पनि एन्फाले भने गैरआवासीय नेपालीको हैसियतमा कानुनअनुसार नै उनलाई नियुक्त गरेको बताएको छ। 

प्रकाशित: ९ आश्विन २०७५ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App