१६ चैत्र २०८० शुक्रबार
खेल

गीताञ्जली समूहविजेता

ढोरपाटनविरुद्ध स्पाइक गर्दै गीताञ्जलीका खेलाडी ।    तस्बिर सौजन्य : राखेप

काठमाडौं – गीताञ्जली कलेज समूहविजेता बन्दै पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाएर गीताञ्जली  समूह ‘ए’ को विजेता बनेको हो । टोलीले ढोरपाटन ‘ए’ लाई २६–२४, २६–२४ र २५–१८ को सोझो सेटमा हरायो।

सोमबार नै भएका अन्य खेलमा प्रदेश ४, ग्लासियर र बुढानीलकण्ठले सफलता हात पारे । दोहोरो जित निकालेको प्रदेश ४ ले क्वार्टरफाइनलमा स्थान बलियो बनाउँदा धादिङलाई २५–१९, २५–१९ र २५–१४ ले पराजित गर्याे । अर्को खेलमा ग्लासियरले  चितवन टाइगर्सलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा हरायो । यस्तै बुढानीलकण्ठले नेपाल छन्त्याल संघलाई २५–१८, २५–२३ र २५–१९ को सोझो सेटमा पराजित गर्याे । ग्लासियरले सूर्योदय कलेजलाई २५–१२, २५–१८ र २५–१४ ले हरायो। 

प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका छन् । असोज ६ गतेसम्म हुुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुने टोलीले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ। 

प्रकाशित: २ आश्विन २०७५ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App