१५ चैत्र २०८० बिहीबार
खेल

थ्री स्टार, गीताञ्जली र एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं – थ्री स्टार, गीताञ्जली र विभागीय टोली एपिएफ पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

गाेंगबुस्थित ढोरपाटन स्पोटर्स सेन्टरको कोर्टमा भएको खेलमा थ्री स्टारले बुढानीलकण्ठलाई २५–१५, २५–१२, १९–२५, २५–१५ को सेटमा हराउँदै एक खेलअगावै अन्तिम आठमा स्थान बनाएको हो।

त्यस्तै समूह ‘क’ बाट गीताञ्जली तथा समूह ‘ख’ बाट एपिएफले पनि २ खेलबाट ६ अंक जोड्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन् । खेलमा गीताञ्जलीले बेल्खु, धादिङलाई २५–१०, २५–५, २५–१० को सोझो सेटमा हराउँदा एपिएफले बडिगार्ड गाउँपालिकालाई २५–१९, २३–२५, २५–१४, २५–१९ को सेटमा स्तब्ध बनाएको हो।

आइतबारै सम्पन्न अर्को खेलमा नेपाल छन्त्याल संघले प्रतियोगितामा पहिलो जित हात पारेको छ । समूह ‘ग’ मा रहेको छन्त्याल संघले सूर्यदीप कलेजलाई २५–१२, २५–२१, २५–२२ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रालाई सहज बनाएको हो । अब छन्त्यालले अन्तिम आठमा प्रवेश गर्न एक खेल जित्नुपर्ने हुन्छ।

असोज ६ गतेसम्म हुुने प्रतियोगिताका विजेताले १ लाख उपविजेताले ६० हजार र तेस्रो हुनेले ३५ हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका छन्।

प्रकाशित: १ आश्विन २०७५ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App