coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शास्त्रीको चर्काे आलोचना

नयाँ दिल्ली – भारतले इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा ४–१ को लज्जाजनक हार बेहोरेपछि प्रशिक्षक रवि शास्त्रीको चर्को आलोचना भएको छ । टेस्टको शीर्ष टोली भारतको अवे खेलमा यो लगातार दोस्रो हार हो।

यसै वर्षको सुरुमा दक्षिण अफ्रिकासँग हारेको भारत इङ्ल्यान्डमा पनि पराजित भएको थियो । नेभेम्बरमा हुने अस्ट्रेलिया भ्रमण तथा अर्को वर्ष हुने विश्वकपको मुखमा भोगेको यो पराजयले प्रशिक्षक शास्त्रीमाथि दबाब चुलिएको छ । त्यसअघि अर्को साता भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध खेल्दै छ।

भारतका पूर्वकप्तानसमेत रहेका प्रशिक्षक शास्त्रीले केही समयअघि आफ्नो टोली भारतको १५ वर्ष यताकै सबैभन्दा राम्रो भएको बताएका थिए । ‘आत्मविश्वासी बन्नु राम्रो हो तर, आत्मरतिमा रमाउनु आफैंमा घातक हो,’ क्रिकइन्फोका प्रधान सम्पादक समवित बलले ट्विटरमा लेखेका छन्।

‘भारत आफ्नो लयमा छ तर स्कोरकार्ड हेर्दा ४–१ को अवस्था छ र भारत त्यति राम्रो पनि छैन जति हुनुपथ्र्यो,’ कमेन्टेटेर हर्ष भोग्लेले भनेका छन्, ‘विदेशमा यो लगातार दोस्रो हार हो।’

ओभलमा सम्पन्न अन्तिम टेस्ट १ सय १८ रनले पराजित भए पनि शास्त्रीले आफ्नो प्रशंसा गरिरहेका थिए । ‘पछिल्लो तीन वर्षको नतिजा हेर्ने हो भने विदेशमा ९ खेल र तीन शृंखला जितेको छ । पहिल्लो १५–२० वर्षमा कुनै पनि भारतीय टोलीले यस्तो छोटो समयमा यो सफलता पाएका छैनन्,’ शास्त्रीले भनेका छन्।

भारतले श्रीलंका र वेस्ट इन्डिजविरुद्धको शृंखला जितेको थियो । गत वर्ष शास्त्रीलाई प्रशिक्षकमा नियुक्त गर्ने समितिको हिस्सा रहेका सौरभ गांगुलीले प्रशिक्षकलाई अहिल्यै हटाउनु हतार हुने बताए । उनले शास्त्रीले टोलीमा सुधार गर्नुपर्ने औल्याए ।  कप्तान कोहलीले आफ्नो प्रशिक्षकको बचाउ गर्दै भनेका छन्, ‘हामीले आफ्नो टिम उत्कष्ट छ भन्न किन नमिल्ने ?’

शास्त्रीले ६ राष्ट्र सम्मिलित एसिया कपमा राम्रो गर्दै आलोचना कम गर्न सक्छन् । युनाइटेड अरब इमिरेट्समा हुने प्रतियोगितामा कप्तान विराट कोहलीलाई आराम दिइएको छ । कोहलीको अनुपस्थितिमा भारतीय टोलीको नेतृत्व रोहित शर्माले गर्नेछन् । सेप्टेम्बर ९ मा हुने पाकिस्तानविरुद्धको खेल शास्त्रीका लागि अवसर बन्न सक्छ । भारतले अस्ट्रेलिया जानुअघि वेस्ट इन्डिजसँग घरेलु मैदानमा २ टेस्ट खेल्नेछ।

‘भारत आफ्नो लयमा छ तर स्कोरकार्ड हेर्दा ४–१ को अवस्था छ र भारत त्यति राम्रो पनि छैन जति हुनुपथ्र्यो । विदेशमा यो लगातार दोस्रो हार हो।’

 

प्रकाशित: २९ भाद्र २०७५ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App