१६ चैत्र २०८० शुक्रबार
खेल

सफल प्रशिक्षक बन्न अर्काे प्रयास

ब्युनस आयर्स – डिएगो  म्याराडोना आफ्नो खेलकलाका कारण खेलाडीका रूपमा विश्वकै सर्वकालीन खेलाडी भए पनि प्रशिक्षकका रूपमा भने उनले खासै छाप छोड्न सकेका छैनन् । म्याराडोना आइतबार मेक्सिकोको दोस्रो श्रेणीको क्लब डोराडोसको प्रशिक्षकमा नियुक्त भएका थिए।

एकल प्रयासमा अर्जेन्टिनालाई २ पटक विश्वकपको उपाधि तथा नेपोलीलाई दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि जिताउँदै आफूलाई विश्वकै सफल खेलाडीका रूपमा चर्चित म्याराडोनाको प्रशिक्षण जीवनले भने हालसम्म कुनै सफलता चुम्न सकेको छैन।

ड्रिबलिङ कलाले सहजै विपक्षीलाई छक्याउन सक्ने क्षमता भएका म्याराडोना व्यावसायिक खेलजीवनमा दुई पटक विश्वका महँगा खेलाडी भए । उनलाई  पहिलो पटक स्पेनिस ला लिगा क्लब बार्सिलोना र दोस्रो पटक नेपोलीले विश्वको महँगो खेलाडीका रूपमा अनुबन्धित गरेको थियो । त्यस्तै उनले बोका जुनियर्स, न्यु वेल्स ओल्ड ब्वाइज्स र अर्जेन्टिनो जुनियर्सजस्ता अर्जेन्टिनी क्लबबाट व्यावसायिक खेल खेलेका थिए । म्याराडोनाले अर्जेन्टिनाबाट ९१ खेलमा प्रतिनिधित्व गर्दै ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

‘म मरें भने पुनः जन्मिँदै फुटबलका माध्यमबाट मानिसहरूलाई मनोरञ्जन दिन चाहन्छु,’ एक पटक म्याराडोनाले भनेका थिए । ‘मेरो तस्बिरमा देखिएका भन्दा मेरा खुट्टा छोटा छन् तर म अभ्यास गराउन थालें भने त्यसलाई कुमसम्म पुर्याउन सक्छु,’ ५७ वर्षे म्याराडोनाले कुनै समय व्यङ्ग्य गर्दै भनेका थिए।

म्याराडोनाले डोराडोसमा सफलता चुम्छन् वा उनको सफल प्रशिक्षक बन्ने लक्ष्य अझै लम्बिने हो भन्ने सबैको चासोको विषय बनेको छ । म्याराडोनाको प्रशिक्षण जीवन सफल नभए पनि डोराडोसका समर्थक भने उनीप्रति आशावादी देखिएका छन्।

दुई वर्ष अर्जेन्टिनाको  प्रशिक्षण सम्हाल्दा राष्ट्रिय टोलीले हात पारेको नतिजाले जति चर्चा पायो त्योभन्दा बढी चर्चा म्याराडोनाले मैदान र मैदानबाहिर देखाउने व्यवहार र अभिव्यक्तिले पाएको थियो।

म्याराडोनाले दोस्रो श्रेणीको क्लबको प्रशिक्षण सम्हालेको यो पहिलो पटक होइन । उनले मेमा युएईको अल फुजाइरलाई पहिलो श्रेणीमा डोर्याउन नसकेको भन्दै क्लब छोडेका थिए । उनको प्रशिक्षणमा क्लबले लिगका ११ मध्ये ७ खेलमा विजयी नतिजा निकालेको थियो । त्यस्तै डेपोर्टिभो मान्डियु, रेसिङ क्लब र युएईकै अल वाल्समा पनि उनको प्रशिक्षण सफल बन्न सकेन।

म्याराडोनाले डोराडोसमा सफलता चुम्छन् वा उनको सफल प्रशिक्षक बन्ने लक्ष्य अझै लम्बिने हो भन्ने सबैको चासोको विषय बनेको छ । म्याराडोनाको प्रशिक्षण जीवन सफल नभए पनि डोराडोसका समर्थक भने उनीप्रति आशावादी देखिएका छन्।

शनिबार मेक्सिको पुगेका म्याराडोनाको स्वागतमा क्लब समर्थकले ‘फुटबलका भगवान्लाई डोराडोसमा स्वागत छ’ भन्ने प्लेकार्डका साथ उपस्थित थिए । १९८६ मा मेक्सिकोमा सम्पन्न विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ ले निराश पार्दै विश्वविजेता बनेको थियो।

‘म विश्वविजेता बनेको मैदानमा फर्कन पाउँदा म अत्यन्त खुसी छु,’ म्याराडोनाले केही दिनअघि इन्स्ट्राग्राममा पोस्ट गरेका थिए,’ मैले विश्वविजेता बन्दाका रमाइला क्षण ताजा भएको महसुस गरेको छु।’

प्रकाशित: २७ भाद्र २०७५ ००:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App