coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जोकोभिचलाई  युएस ओपनको उपाधि

न्युयोर्क – अर्जेन्टिनाका हुवाँ मार्टिन डेल पोर्टोलाई ३–० सेटले हराउँदै जोकोभिचले युएस ओपनको उपाधि जितेका छन्। न्युयोर्कमा तेस्रो पटक उपाधि जितेका जोकोभिचले पिट साम्प्रासले जितेको १४ ग्रान्ड स्लाम उपाधिसँग बराबरी गरेका छन्।

युएस ओपनमा आठौं फाइनल खेलेका जोकोभिचले यसअघि २०११ र २०१५ मा पनि उपाधि जितेका थिए । डेल पोर्टोमाथि ६–३, ७–६ (७–४), ६–३ को सेटमा विजय हासिल गरेका जोकोभिच अब राफेल नाडालभन्दा ३ ग्रान्ड स्लाम उपाधिले मात्र पछाडि छन् । कीर्तिमानी २० ग्रान्ड स्लाम उपाधि जितेका रोजर फेडेररभन्दा जोकोभिच ६ उपाधिले पछाडि छन् । गत वर्ष कुइनाको चोटका कारण प्रतियोगिता खेल्न नपाएका जोकोभिचले एकै वर्ष विम्बल्डन र युएस ओपनको उपाधि जितेको पनि यो तेस्रो पटक हो।

‘पिट (साम्प्रास) लाई आइ लभ यु भन्न मन लागेको छ । उनी मेरा आदर्श व्यक्ति हुन्,’ जनवरीमा कुइनाको शल्यक्रिया गरेका जोकोभिचले थपे, ‘कठिन परिस्थितिमा पनि मलाई माया गर्ने परिवार र मेरो टोलीलगायत सबैप्रति आभारी छु।’

जोकोभिचले डेल पोर्टोलाई हराएको यो १५औं पटक हो । ग्रान्ड स्लामको पाँचाैं भिडन्तमा यो पाँचौं जित हो । यो नतिजासँगै मुख्य प्रतियोगिताका ५५ मध्ये ५० फाइनलमा शीर्ष चार (फेडेरर, नाडाल, जोकोभिच र एन्डी मर्रे ) ले जितेका छन् । डेल पोर्टोले जोकोभिचले फेडेररको २० ग्रान्ड स्लामको कीर्तिमान तोड्ने बताए।

‘पक्कै पनि उनले सक्छन् । नोभाक (जोकोभिच) ले उनको खेलमा सबै कीर्तिमान बनाउन सक्छन् । उनीजस्तो आदर्श खेलाडीविरुद्ध फाइनल खेल्न पाउँदा म धेरै खुसी छु,’ नजिकका साथी जोकोभिचको प्रशंसा गर्दै डेल पोर्टोले थपे, ‘न्युयोर्क भ्रमणमा जोकोभिचको नजिकका साथीमध्ये म एक हुँ भन्ने उनलाई थाहा थियो । र उनले जितेको हेर्न चाहना राख्ने म एक खेलाडी हुँ । आफू पराजित हुँदा दुख त लागि हाल्छ तर, जोकोभिचले जितेकोमा खुसी छु । उनी जितका हकदार थिए।’ 

गत वर्ष कुइनाको चोटका कारण प्रतियोगिता खेल्न नपाएका जोकोभिचले एकै वर्ष विम्बल्डन र युएस ओपनको उपाधि जितेको पनि यो तेस्रो पटक हो।

प्रकाशित: २६ भाद्र २०७५ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App