१५ चैत्र २०८० बिहीबार
खेल

भलिबल खेलाडी सम्मानित

सम्मान कार्यक्रममा भलिबल खेलाडीहरु। तस्बिर साैजन्य : राखेप

काठमाडौं -  एसियाली खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने नेपालको राष्ट्रिय पुरुष भलिबल टिमलाई नगदसहित सम्मानित गरिएको छ। नेपाल भलिबल संघले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी खेलाडीलाई नगदसहित सम्मान गरेको हो। सहभागी २० देशमध्ये १५आैं वरीयता हासिल गर्न सफल खेलाडी तथा प्रशिक्षक एवं व्यवस्थापकलाई भलिबल संघले नगद १० हजारसहित सम्मान ग-यो।

भलिबल खेलाडीको प्रदर्शन र प्रगतिबाट आफू खुसी भएको  प्रमुख अतिथि राखेप सदस्यसचिव केशवकुमार विष्टले बताए। बजेट अभावले महिला भलिबल खेलाडीलाई एसियाली खेलकुदमा सहभागी गराउन नसकिएको उनको भनाइ थियो। विष्टले राज्यले भलिबल संघलाई गर्दै आएको सहयोग रकम वृद्धि गर्ने प्रतिबद्धता जनाए।

संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलले प्राप्त गरेको उपलब्धिबाट आफूहरू खुसी रहेको बताउँदै राखेपबाट थप सहयोगको अपेक्षा राखेको धारणा राखे। सम्मान कार्यक्रममा संघका महासचिव जितेन्द्र चन्दले नेपालको पुरुष भलिबल टोलीले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको बताए। इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालको भलिबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै १५आैं वरीयता हासिल गर्न सफल भएको थियो। नेपालले मंगोलियालाई पराजित गर्दै एसियाली खेलकुदमा पहिलो जित दर्ता गरेको थियो। अर्को खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। अन्तिममा किर्गिस्तानले नखेल्दा नेपाललाई १५आैं वरीयता प्राप्त भएको थियो।

प्रकाशित: २५ भाद्र २०७५ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App