coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोलम्बियाली प्रशिक्षकद्वारा राजीनामा

बोगाटा (एएफपी) – कोलम्बियाका प्रशिक्षक जोस पेकरम्यानले मंगलबार पदबाट राजीनामा दिएका छन्।

६९ वर्षे अर्जेन्टिनी प्रशिक्षक पेकरम्यानको प्रशिक्षणमा कोलम्बियाले दुई महिनाअघि रूसमा सम्पन्न विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। अन्तिम १६ मा कोलम्बियालाई इङ्ल्यान्डले निराश पारेको थियो।

२०१२ देखि कोलम्बियाको प्रशिक्षण सम्हालेका पेकरम्यानले टोलीलाई २०१४ र २०१८ गरी लगातार दुई विश्वकपमा छनोट गराएका थिए । २०१४ मा भने टोलीले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो।

कोलम्बियन फुटबल संघका अध्यक्ष रामोन जेसुरनले पेकरम्यानको प्रशिक्षण कालमा राष्ट्रिय टोलीले आफूलाई विश्व फुटबलको एक बलियो राष्ट्रका रूपमा उभ्याएको भन्दै उनको प्रशंसा गरे।

जेसुरनले सञ्चारमाध्यममा फुटबल संघ र पेकरम्यानबीच पारिश्रमिक विवाद भएको खबर निराधार भएको भन्दै उनले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएको बताए।

पेकरम्यानको सम्झौता अगस्ट ३१ मा सकिएको थियो। कोलम्बियन फुटबल संघले नयाँ सम्झौताका लागि प्रयास गरे पनि उनले एक सातापछि पद छोडेका हुन्।

कोलीम्बयाले शुक्रबार मैत्रीपूर्ण खेलमा भेनेनजुएला र अर्को साता अर्जेन्टिनाको सामना गर्दै छ। दुवै खेल अमेरिकामा हुनेछन्।

प्रकाशित: २१ भाद्र २०७५ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App