७ वैशाख २०८१ शुक्रबार
खेल

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडाैं- इण्डोनेशियामा जारी १८ अाैं एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ। 

इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो। 

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो। नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो। त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पा-यो। नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पा-यो। 

नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो। यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन्। नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ। रासस

प्रकाशित: १२ भाद्र २०७५ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App