२५ श्रावण २०७७ आइतबार
खेल

पृथ्वी शाह भारतीय टेस्ट टोलीमा

लन्डन – भारतले बुधबार इङ्ल्यान्डविरुद्धको अन्तिम दुई टेस्टका लागि १८ वर्षे ब्याट्सम्यान पृथ्वी शाहलाई टोलीमा समावेश गरेको हो।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शाहलाई ओपनर मुरली विजयको स्थानमा समावेश गरेको हो । त्यस्तै स्पिनर कुलदीप यादवको स्थानमा हनुमा विहारीलाई समावेश गरिएको छ।

विजयले पहिलो र दोस्रो टेस्टमा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । तेस्रो टेस्टमा ओपनरको भूमिकामा लोकेश राहुल देखिएका थिए  । त्यस्तै यादवले दोस्रो टेस्ट खेलेका थिए।

पाँच टेस्ट खेलको शृंखलामा भारत २–१ ले पछि छ । पहिलो टेस्ट ३१ रनले जितेको इङ्ल्यान्डले दोेस्रो टेस्ट एक इनिङ र १ सय ५९ रनले जितेको थियो । तेस्रो टेस्ट भारतले २ सय ३ रनले जितेको थियो।

चौथो टेस्ट अगस्ट ३० बाट साउथह्यामटनमा सुरु हुनेछ।

 

प्रकाशित: ८ भाद्र २०७५ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App