१६ चैत्र २०८० शुक्रबार
खेल

तेश्राे खेलमा समेत हार्याे नेपाली यु-२३ फुटबल टाेली

काठमाडाैं - एसियन खेलकुद (एसियाड) अन्तर्गत समुह चरणको अन्तिम खेलमा समेत नेपालको यु-२३ टोली पराजित भएको छ। नेपाल समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो। खेलमा अग्रता कायम गर्न सफल भएपनि पाएको अग्रतालाई जोगाउन नसक्दा नेपालले प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्न वाध्य भएको हो।

खेलको १२ औं मिनेटमा पाकिस्तानको आत्मघाती गोल मार्फत खेलमा अग्रता बनाएको नेपाल दोश्रो हाफमा २ गोल खाँदै पराजित हुन पुग्याे। पाकिस्तानका लागि दाेश्रो हाफको ५४ औं मिनेटमा विलाल मोहम्मदले हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने अर्को गोल नेपालले पेनाल्टि मार्फत खान पुग्यो। नेपाली रक्षापंक्तिका खेलाडी अनन्त तामाङले विपक्षि टोलीका खेलाडीलाई डिबक्स भित्र लडाएपछि पाएको अवसरलाई पाकिस्तानका सदामले गोलमा परिणत गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।

समूह चरणको पहिलो खेलमा जापानसँग सम्मानजनक १–० र दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएको नेपाल आजको खेलमा समेत  पाकिस्तानसँग २-१ को हार व्यहोर्न वाध्य भएको हो।, 

 

प्रकाशित: ३ भाद्र २०७५ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App