७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालको फिफा वरीयता यथावत्

काठमाडाैं – रूस विश्वकपको विजेता फ्रान्स विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताको शीर्ष स्थानमा उक्लिँदा नेपाल भने १ सय ६१औं स्थानमा यथावत् रहेको छ।

दक्षिण एसियामा भारत अग्रस्थानमा यथावत् छ । १ स्थान सुधार गरेको भारत ९६औैं स्थानमा उक्लिएको हो । त्यस्तै १ सय ५०औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ भने नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छ। 

त्यस्तै १ सय ८३औं स्थानको भुटान चौथो, १ सय ९४औं स्थानको बंगलादेश पाँचाैं, २ सयाैं स्थानको श्रीलंका छैटौं र २ सय १औं स्थानको पाकिस्तान साताैं स्थानमा छन् । दक्षिण एसियाली राष्ट्रमध्ये भारतले एक स्थान सुधार गरे पनि अन्य राष्ट्रको स्थानमा भने कुनेै सुधार भएको छैन।

एसियाली राष्ट्रमध्ये ५ स्थान सुधार गरेको इरान ३२औं स्थानमा बस्दै शीर्ष स्थानमा छ भने ७ स्थान तल झरेको अस्ट्रेलिया  ४३औं स्थानमा बस्दै दोस्रो तथा ६ स्थान सुधार गरेको जापान ५५औ स्थानमा बस्दै तेस्रो स्थानमा छन्।

फिफा विश्ववरीयतामा भने विश्वकप विजेता फ्रान्स ६ स्थान माथि उक्लँदै शीर्ष स्थानमा रहँदा उपविजेता क्रोएसिया १६ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ । एक स्थान माथि उक्लिएको बेल्जियम दोस्रो र एक स्थान तल झरेको ब्राजिल तेस्रो स्थानमा छन् । त्यस्तै ९ स्थान सुधार गरेको उरुग्वे पाँचौं स्थानमा उक्लिँदा ६ स्थान सुधार गरेको इङल्यान्ड छैटौं स्थानमा उक्लिएको हो।

यता रूस विश्वकपमा निराशाजनक प्रदर्शन गरेको जर्मनी १४ स्थान तल झर्दै १५औं स्थानमा छ भने ६ स्थान तल झरेको अर्जेन्टिना ११औं स्थानमा छ।

प्रकाशित: १ भाद्र २०७५ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App