coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ढोरपाटन पुरुष भलिबल भदौमा

काठमाडौ – ढोरपाटन क्लबको आयोजनामा भदौको अन्तिममा पाँचौं ढोरपाटन एम १५० पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाल भलिबल संघको सहयोग रहने प्रतियोगितामा यती बु्रअरीे मुख्य प्रायोजक तथा आइएमई र बिजी मल सह प्रायोजकका रुपमा सहभागि हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । भदौ ३० मा सुरु भएर असोज ६ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा १६ टोलीको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए ।

‘नेपाललमा भलिबल खेलको लोकप्रियता बढ्दो छ,’ छन्त्यालले भने, ‘पुरुषको तुलनामा महिला भलिबलका प्रतियोगिता धेरै भैरहेका गुनासो आउने गरेका छन् । हामीले पुरुष भलिबललाई उपेक्षा गरेका होइनौं । प्राविधिक कारणले हामीले पुरुष भलिबललाई निरन्तरता दिन नसकेका हौं । अब महिला भलिबलसँगै पुरुषका प्रतियोगितालई पनि निरन्तरता दिनेछौं ।’ 

ढोरपाटन क्लबले महिला भलिबलमा प्रत्येक वर्ष डबल लिग प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको १३औं संस्करण सम्पन्न भइसकेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ६० हजार तथा तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ पाउने आयोजकले जानकारी गरायो । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान स्कुटर वा मोटरसाइकल प्राप्त गर्ने छन्त्यालले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक÷एक स्पाइकर, ब्लकर, सर्भर लिफ्टर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भाग्यशाली दर्शक मध्ये एक जनालाई १ थान स्कुटर तथा ८ जना दर्शकले डायमन्ड मोबाइल  र ८ जनाले इजी टिसर्ट प्राप्त गर्ने बताइएको छ ।  प्रतियोगिता आयोजनाका लागि यती ब्रुअरीले ढोरपाटन क्लबलाई ५ लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ । सोमबारै भएको प्रायोजन सम्झौतामा छन्त्याल र यती ब्रुअरीका मार्केटिङ निर्देशक विभोर रायमाझीले हस्ताक्षर गरे ।

‘यस प्रतियोगितामार्फत भलिबल खेलसँग जोडिने अवसर पाएका छौं,’ रायमाझीले भने, ‘हामी यो सम्झौतालाई आगामी संस्करणहरुमा पनि निरन्तरता दिँदै अन्य खेलहरुसँग समेत जोडिने प्रयास गर्नेछौं ।’

‘हामीलाई बारम्बार नेपाल भलिबल संघले पुरुषको तुलनामा महिला भलिबललाई प्राथमिकता दियो भन्ने गुनासो आउने गरेको छ,’ नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने, ‘ढोरपाटन क्लबले यो प्रतियोगितामार्फत त्यो गुनासो सम्बोधन गर्ने प्रयास गरेको छ । आगमी दिनमा पनि यस प्रतियोगिताले निरन्तरता पाउनेमा म आशावादी छु।’

प्रकाशित: २९ श्रावण २०७५ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App