coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जोउमा लोनबाट एभर्टनमा

लन्डन – चेल्सीका फ्रान्सेली रक्षक कुर्ट जोउमालाई एभर्टनले शुक्रबार लोनमा भित्र्याउन सम्झौता गरेको  इङ्लिस प्रिमियर लिगको क्लबले जनाएको छ।  

एभर्टनले २३ वर्षे जोउमालाई खेलाडी सरुवा बजारको समय समाप्तिको भोलिपल्ट सम्झौता गरेको हो । यद्यपि सम्झौता सफल वा असफल हुनेमा प्रिमियर लिगको निर्णय आउन बाँकी छ। 

चेल्सीबाट जोउमाले ७१ खेल खेलेका छन् । पूर्वप्रशिक्षक एन्टोनियो कोन्टेको पहिलो रोजाइमा पर्न नसक्दा जोउमाले २०१६–१७ को सिजनमा ९ खेल मात्र खेलेका थिए । उक्त सिजनमा चेल्सीले उपाधि जितेको थियो। 

अघिल्लो सिजन स्टोक सिटीमा बिताएका जोउमाले ३४ लिग खेल खेलेका थिए । उनको क्लब स्टोक सिटी रेलिगेसनबाट बच्न सकेको थिएन ।

एभर्टनका लागि सम्झौता गरेका जोउमा ब्राजिलका मिडफिल्डर बेर्नाड, बार्सिलोनाका यरी मिना, आन्द्रे गोमेज, लुकास डिग्ने, रिचार्लिसन र गोलकिपर जाओ भर्जिनियासँग गुडिसन पार्कमा जोडिनेछन्। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App