१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

क्यारेबियन प्रिमियर लिगः शानदार बलिङ गर्दै सन्दिपले लिए २ विकेट

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आफ्नो पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन्।

सन्दिपले आफ्नो डेब्यू खेलमै शानदार बलिङ गर्दै पहिलो बलमै विकेट लिएका हुन्। ४ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चिएका सन्दीपले वारियर्सलेका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरेका थिए। यद्यपी सन्दिपको टोली सेन्ट किट्स एण्ड नेभिस  प्याट्रियट्सले भने गुयाना अमेजन वारियर्ससँग पहिलो खेलमै ६ विकेटको पराजय ब्यहोरेको छ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सेन्ट किट्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। उसका लागि ओपनर तथा कप्तान क्रिश गेलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए। उनले ६५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। तर अन्य खेलाडीको प्रदर्शन भने सम्झन लायक रहेन्। वारियर्सका लागि किमो पाउलले २ तथा शोहिल तनबिर, क्रिस ग्रिन र इमरान ताहिरले एक एक विकेट लिए।

१४७ रनको लक्ष्य वारियर्सले १६.३ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो। उसका लागि म्यान अफ द म्याचसमेत भएका सिम्रोन हेटमेयरले सर्वाधिक ७९ रनको अविजित शानदार पारी खेले। उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। सन्दीपका अलावा सेन्डन कोट्रेलले पनि २ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्। जितसँगै वारियर्सले महत्वपूर्ण २ अंक जोडेको छ। 

 

प्रकाशित: २५ श्रावण २०७५ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App