coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लाम्पार्डको प्रशिक्षण करियर सुरु

लन्डन – चेल्सीका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्डले मैदानमा रहँदा जस्तो ‘मज्जा’ बाहिर नहुने भन्दै तुलनात्मक रूपमा सहज फुटबल पण्डितको काम छोडेर प्रशिक्षणतिर लागेको बताएका छन्। डर्बी काउन्टीको प्रशिक्षण सम्हालेका लाम्पार्ड पहिलो प्रतिस्पर्धात्मक खेलका लागि तयारी गरिरहेका छन्।

२०१७ मा बुट थन्क्याएपछि शुरूमा लाम्पार्डले सञ्चार माध्यममा काम गरेका थिए। खेलाडीका रूपमा लाम्पार्डले चेल्सीबाट ३ प्रिमियर लिग, ४ एफए कप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। च्याम्पियनसिपको नयाँ सिजनमा लाम्पार्डको क्लब डर्बी काउन्टीले पहिलो खेल रिडिङविरुद्ध शुक्रबार माडेस्की रंगशालामा खेल्नेछ। 

‘टेलिभिजनमा काम गर्नु सहज थियो। तर आफूलाई जुन काम गर्न मज्जा हुन्छ, त्यसैमा मन रमाउँछ। खेलाडीका रूपमा लामो समय विताएकाले मैदानको माहोल विर्सन सकिदैन,’ ४० वर्षे लाम्पार्डले भने, ‘बिटी स्पोटर्समा काम गर्दा स्टेभन जेरार्ड र मैले यसबारे धेरै छलफल गयौं। यस्तो काम गर्ने अवसर आउँदा म सजिलो जीवनका लागि भनेर छोड्न सक्दिँन।’

इङ्ल्यान्डका अर्का पूर्व मिडफिल्डर जेरार्डले पनि यसै साता स्कटल्यान्डको रेन्जर्सबाट प्रशिक्षकका रुपमा पहिलो लिग खेल खेल्दैछन्। लिभरपुलका पूर्व कप्तान जेरार्डले यसअघि तीन पटक युरोपा लिगको खेलमा प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन्। प्रशिक्षकका रुपमा जोरार्ड अपराजित छन्। जेरार्डले दुई खेलमा विजयी नतिजा निकाल्न सफल भएका थिए।

‘प्रशिक्षण करियरबारे गत मंगलबार पनि मैले उनी(जेरार्ड)सँग कुरा गरेको थिए,’ लाम्पार्डले भने, ‘नयाँ करियरको प्रत्येक क्षणमा हामी रमाइरहेका छौं। यो केही चुनौतीपूर्ण छ। तर यसलाई छाड्न सकिदैन। म यसमै राम्रो गर्न चाहन्छु।

चौविसै घण्टा व्यस्त बनाए पनि यो काम छाड्न सकिदैन। जेरार्डले पनि त्यस्तै महशुस गरेका छन् भन्नेमा म विश्वस्त छु। किनकी प्रतिस्पर्धामा उनी कति रमाउछन् भन्ने मलाई थाहा छ। तपाईले उनलाई सोध्नु भयो भने यस्तै उत्तर पाउनुहुनेछ।’

 

प्रकाशित: १९ श्रावण २०७५ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App