१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

च्याम्पियनसिपमा सहभागी टोलीलाई बिदाई गर्दै सदस्य सचिव केशवकुमार विष्ट । तस्विर : रासस

काठमाडौं - थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली विहिवार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ। 

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सञ्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रवीन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्नेछन्। 

त्यसैगरी महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन्। सुमित्रा, उमेश र सञ्जयबाहेक सबै एसियाडका लागि छनोट भएका खेलाडी हुन्। 

एसियाडकै लागि छनोट भएकी १२ औं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए। खत्री एसियाडका साथै टोकिया ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा छिन्। 

टोलीलाई राष्ट्रिय खेलकूद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले विहिवार त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरेका थिए।

प्रकाशित: १७ श्रावण २०७५ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App