१६ चैत्र २०८० शुक्रबार
खेल

नेदरल्याण्ड विरुद्धकाे खेल जित्न नेपाललार्इ १ सय ९० रनकाे चुनाैती

काठमाडाैं - एकदिवसीय मान्यतापछि पहिलो पटक नेदरल्याण्डसँग भिडीरहेको नेपालले जितकालागि १ सय ९० रनको लक्ष्य पाएको छ।

नेदरल्याण्डको भिआरए क्रिकेट मैदान एम्सटेल्भिनमा सम्पन्न पहिलो इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९० रनमा समेटियाे। नेदरल्याण्डलाई मध्ययम योगफलमा रोक्ने क्रममा कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिए।

उत्कृष्ट बलिङ प्रदर्शन गरेका खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिए। यस्तै कामीले ८ दशमलव ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ३ विकेट लिए भने नेपालकालागि सन्दीप लामिछाने, बसन्त रेग्मी तथा करन केसीले एकएक विकेट हातपारे।

नेदरल्याण्डकालागि माइकल रिप्पनले सर्वाधिक ५१ रन बनाउँदा बस डी लिडीले ३० रन बनाए। 

एकदिवसीय  मान्यतापछि पहिलाे पटक नेदरल्याण्डसँग अाधिकारिक खेल खेलिरहेकाे नेपालकाे सन् २००८ पछिकाे यात्रा तस्विरमा हेर्नुहाेस् :

प्रकाशित: १६ श्रावण २०७५ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App