coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

दाङ – सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन्।

दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला बुधबार शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकुदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष जनशक्ति खेलकुदलेनै प्रदान गर्छ भने।

यस रंगशाला निर्माणले राष्ट्रिय खेलकुद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पुर्याउने सभामुख महराले बताए। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले तोकिएको समयमा गुणस्तरीय रंगशाला निर्माण गर्न सबैले निगरानी गर्नुपर्नेमा जोड दिए।

उनले खेलकुद सबैको गौरव, स्वास्थ्य र समृद्धिको प्रतिक बनेको बताउँदै देशको पहिचान स्थापित गर्न खेलकुदको विकास अपरिहार्य रहेको बताए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशकुमार विष्टले आधुनिक प्रविधिबाट नटबोल्ड जोडेर रंगशाला निर्माण गरिने बताए। उनले राखेपले तुलसीपुर, इटहरी र पोखरालाई पनि ‘स्पोर्ट सिटी’को रुपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिए।

२४ करोड २४ लाखको लागतमा निर्माण हुन लागेको रंगशालामा ३ हजार दर्शक अटाउने क्षमता छ। रंगशाला निर्माणको ठेक्का दिवा एमए प्रतिष्ठान कन्ट्रक्सन जेभी काठमाडाैंले पाएको छ। आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ।    (रासस)

प्रकाशित: ९ श्रावण २०७५ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App