७ वैशाख २०८१ शुक्रबार
खेल

बार्सिलोनाले रियाललाई आतिथ्यता दिने

मड्रिड –  साबिक विजेता बार्सिलोनाले नयाँ सिजनमा रियाल मड्रिडविरुद्धको पहिलो एल क्लासिको खेल अक्टोबर २८ मा खेल्नेछ।

स्पेन फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलतालिकाअनुसार बार्सिलोनाले रियाललाई आतिथ्य प्रधान गर्नेछ।
रियाल मड्रिडले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । जुन विजेता बार्सिलोनाभन्दा १७ अंकले पछाडि हो।

स्पेनका दुई महारथीबीचको अर्को खेल मार्च ३ मा हुनेछ । जहाँ बार्सिलोनाले रियालको भ्रमण गर्नेछ । अगस्ट १८, १९ बाट सुरु हुने स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो दिन एट्लेटिको मड्रिडले भ्यालेन्सियाको भ्रमण गर्नेछ।

एट्लेटिकोले गत सिजन दोस्रो स्थानमा रहेर सिजनको अन्य गरेको थियो भने भ्यालेन्सिया चौथो स्थानमा थियो। साबिक विजेता बार्सिलोनाले पहिलो खेल आल्भेसविरुद्ध खेल्नेछ । रियालले गेटाफेविरुद्ध खेल्नेछ।

प्रकाशित: ९ श्रावण २०७५ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App