२० असार २०७७ शनिबार
खेल

टेबलटेनिस टोली भारत प्रस्थान

काठमाडौं - इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेबलटेनिस टोली अाइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ । पुरुष खेलाडीमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन रहेका छन्।

प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन्। खेलाडीले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्नेछन् । त्यहाँबाट टोली भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ। रासस

प्रकाशित: ६ श्रावण २०७५ १९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App