१५ चैत्र २०८० बिहीबार
खेल

मिलानको प्रतिबन्ध फुकुवा

लाउसेन – युरोपियन फुटबल महासंघ (युइएफए)ले एसी मिलानमाथि युरोपा लिग खेल्न नपाउने गरी लगाएको प्रतिबन्ध खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) ले खारेज गरेको छ।

फाइनान्सियल फेयर प्ले (वित्तिय अनुसासन) पालना नगरेको भन्दै युइएफएले मिलानलाई एक वर्षका लागि युरोपा लिगमा प्रतिबन्ध लगाएको थियो । त्यसको विरुद्ध मिलानले कासमा अपिल गरेको थियो।

अदालतले युइएफएले वित्तिय अनुशासन पालना नगरेको आरोपलाई स्विकार गरे पनि क्लबको मालिक परिवर्तन गरेसँगै वर्तमान वित्तिय अवस्था राम्रो रहेको जनाएको छ । एसी मिलानलाई युइएफएको क्लब प्रतियोगताबाट प्रतिबन्ध लगाउने निर्णय उपयुक्त छैन, कासको निर्णयमा भनिएको छ।

प्रकाशित: ५ श्रावण २०७५ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App