१५ चैत्र २०८० बिहीबार
खेल

क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक (भिडियाे)

भिडियाे : समृद्धि ज्ञवाली

काठमाडाैं - क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो।

क्रोएसियालाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयमा मारीयो मान्ड्जुकिचको गोल निर्णाएक बन्न पुग्यो ।  मान्डजुकिचले १०९ मिनेटमा इभान पेरिसिचको पासमा ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुम्न पुग्दा क्रोएसिया पहिलो पटक उपाधि नजिक पुगेको हो।  

पहिलो हाफको शुरुवातमै इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि अग्रता जोगाउन नसक्दा ५२ वर्षपछि विश्वकपको उपाधि जित्ने इंग्ल्याण्डको सपना चकनाचुर भयो । पहिलो हाफको ५ औं मिनेटमा इंग्ल्याण्डका कायरन ट्रिपियरले २० यार्ड टाढाबाट फ्रि किक मार्फत प्रहार गरेको बल गोलमा परिणत भएको थियो। पहिलो हाफको सुरुवाततर्फनै इंग्ल्याण्डले अग्रता बनाएपछि दबाबमा आएको क्रोएसियाकालागि पेरिसिचले १९ औं मिनेटमा गरेको कडा प्रहार गोलपोष्ट नजिकैबाट वाहिरिन पुगेको थियो।

दबाबमा रहेको क्रोएसियाले पहिलो हाफमा बराबरी गोल गर्ने खासै अवसरहरु सिर्जन गर्न नसक्दा इंग्ल्याण्डले भने अग्रता दोब्बर पार्ने केहि अवसर प्राप्त गरेको थियो।  १५ औं मिनेटमा ट्रिपरको बलमा मागुयरले हेड मार्फत गरेको प्रयास गोल पोष्टको नजिकैबाट वाहिरिदा केनले भने दुई पल्ट गोलकालागि प्राप्त गरेको अवसरमा अफसाइड हुन पुगे।

दोश्रो हाफको सुरुवातदेखिनै खेलमा फर्कन संघर्ष गरिरहेको क्रोएसिया ६८ औं मिनेटमा सफल हुन पुग्यो । क्रोएसियाकालागि इभान पेरिसिचले बराबरी गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । त्यसअघि ६५ औं मिनेटमा क्रोएसियाका पेरिसिचलेनै गरेको प्रहार इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाव गरेका थिए भने ७२ औं मिनेटमा पेरिसिचले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कदाँ क्रोएसिया खेलमा अग्रता बनाउन बाट चुकेको थियो ।

यस्तै ८३ औं मिनेटमा क्रोएसियाका मान्डजुकिचले गरेको कडा प्रहार समेत इंग्ल्याण्डका गोलरक्षकले बचाउँदा खेल अतिरिक्त समयतर्फ धकेलिन पुगेको थियो । पहिलो हाफको तुलनामा क्रोएसियासामु कमजोर देखिएको इंग्ल्याण्डले दोश्रो हाफमा गोलका लागि खासै अवसरहरु सिर्जन गर्न सकेन भने क्रोएसिया एकपछि अर्को आक्रमण गर्दै अगाडी बढेको थियो।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलको १ सय ९ मिनेट क्रोएसिया भाग्यशाली सावित भयो। क्रोएसियाकालागि इभान पेरिसिचले उपलब्ध गराइदिएको बलमा मान्डजुकिचले ६ यार्ड बक्सबाट उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकप फाइनल सम्मको यात्रा तय गराए ।

इंग्ल्याण्डलाई हराउँदै फाइनल प्रवेस गरेको क्रोएसियाले उपाधीकालागि आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्को स्थित लुज्निकी रङ्गशालामा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ । त्यसअघि तेश्रो स्थानकालागि शनिबार हुने खेलमा इंग्ल्याण्ड र बेल्जियम भिड्नेछन्। 

 

भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
भिडियाे : समृद्धि ज्ञवाली
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App