२३ जेष्ठ २०७७ शुक्रबार
खेल

भार्डे खेल्ने अझै अनिश्चित

सेन्ट पिट्सबर्ग – इङ्ल्यान्डको अधिकांस अभ्यास सत्रमा उपस्थित नभएका फरवार्ड जेमी भार्डे विश्वकपको क्वार्टरफाइनलमा स्विडेनविरुद्धको खेलमा पनि पूर्ण फिट हुनेमा निश्चित भइसकेको छैन। 

कोलम्बियाविरुद्ध ८८औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका लेस्टर सिटीका फरवार्ड भार्डेको जाँघमा चोट लागेको थियो । मंगलबार भएको अन्तिम १६ को खेलमा कोलम्बियालाई टाइब्रेकरमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। 

सेन्ट पिट्सबर्गबाहिर भार्डेले शुक्रबार विहान टोलीसँग ‘वार्मअफ’ गरेका थिए । तर त्यसपछिका अभ्यासमा उनी सामेल भएका छैनन् । प्रतियोगितामा ६ गोल गरेर कप्तान ह्यारी केन सबैभन्दा धेरै गोल गर्ने खेलाडीको अग्रपंक्तिमा रहँदा भार्डे भने पहिलो रोजाईमै स्थान बनाउन संघर्ष गरिरहेका छन् । भार्डेले पहिलो रोजाईका खेलाडीलाई आरम दिइएको बेल्जियमविरुद्धको खेलमा मात्र शुरुबाटै खेलेका थिए। 

इङ्ल्यान्डले शनिबार सेमिफाइनल प्रवेशका लागि स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका दुई खेलमा जित र एक खेलमा पराजय भोगेको इङ्ल्यान्डले १६ मा कोलम्बियालाई पराजित गरेको हो । इङ्ल्यान्डले स्विडेनलाई पराजित गरे सेमिफाइनलमा आयोजक रूस र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

 

प्रकाशित: २३ असार २०७५ १७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App