१५ चैत्र २०८० बिहीबार
खेल

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

काठमाडाैं - विश्वकप फुटबल अन्तर्गतको दोश्रो क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियम विरुद्धको खेलमा २-० गोलले पछि परेको छ।

रुसको कजान रङ्गशालामा जारी खेलमा बेल्जियमले खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होको आत्मघाती गोल मार्फत अग्रता बनाएको थियो। त्यसपछिको खेलमा बराबरी गोल फर्काउने धेरै अवसर पाएपनि ब्राजिलले बेल्जियमको रक्षापंक्तिलाई चिर्न सकेन। पहिलो हाफमा बराबरी गोलका लागि संघर्षरत ब्राजिलले ३१ औं मिनेटमा अर्को गोल खान पुग्यो। बेल्जियमका केभिन डि व्रोयनले लुकाकुको पासमा डि बक्स वाहिरबाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जाली चुम्न पुग्दा ब्राजिल पहिलो हाफमा २-० ले पछाडि पर्यो।

पहिलो हाफको खेलमा ब्राजिलले थुप्रै गोल गर्ने अवसर प्राप्त गरेपनि गोल भने गर्न सकेन भने बेल्जियमले प्राप्त गरेका अवसरलाई पहिलो हाफमा खेर जान दिएन।

 

प्रकाशित: २२ असार २०७५ १९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App