८ वैशाख २०८१ शनिबार
खेल

क्वार्टरफाइनल दौडमा रहेका इंग्ल्याण्ड र कोलम्बियाको पहिलो हाफ बराबरी

काठमाडाैं - शिर्ष १६ अन्तर्गतको अन्तिम खेलमा प्रतिष्पर्धा गरिरहेका इंग्ल्याण्ड र कोलम्बियाले पहिलो हाफको खेल गोलरहित बराबरीमा टुङ्ग्याएका छन्। 

कोलम्बिया विरुद्ध पहिलो हाफको खेलमा आफ्नो दबाब कायम राख्न सफल भएपनि इंग्ल्याण्डले अग्रता भने बनाउन सकेन। खेलको १५ औं मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलमा अग्रता बनाउने सुनौलो अवसर प्राप्त गरेका थिए। तर उनले गोलकालागि हेडिङ मार्फत गरेको प्रयास गोलपोष्टको केहि माथिबाट वाहिरिन पुग्यो। कोलम्बियाले समेत पहिलो हाफमा केहि अवसर प्राप्त गरपनि इंग्ल्याण्डले अधिकांश समय बल आफ्नै पक्षमा राख्यो।

मंगलबारको खेलमा कोलम्बिया आफ्नो मुख्य खेलाडी जेम्स रोड्रिगेज विनै मैदानमा उत्रीएको छ। रोड्रिगेज चोटका कारण इंग्ल्याण्ड विरुद्धको खेलमा उपस्थित छैनन।

रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा जारी खेल यो रङ्गशालामा हुने विश्वकपको अन्तिम खेल समेत हो। यो खेलको विजेताले क्वार्टरफाइनलमा स्विडेनको सामना गर्नेछ।

 

प्रकाशित: १९ असार २०७५ १९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App