coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ट्युनिसियाविरुद्ध पहिलो हाफमा पानामाको अग्रता

रूस – विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ का पानामा र ट्युनिसियाको खेल भइरहेको छ। मोर्डोभिया एरिना सारांस्कमा जारी खेलको पहिलो हाफ सकिदा पानामाले १–० को अग्रता लिएको छ।

पानामाले खेलको ३३ औं मिनेटमा आत्माघाति गोलको उपहार पाएको हो। ट्युनिसियाका यसिनी मेरिहाले आफ्नौ पोस्टमा गोल गरेपछि पानामाले अग्रता बनाएको हो। एक गोलले पछि परेपनि ट्युनिसियाले पानामालाई दबाबमा राखेको छ।

प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको खोजिमा छन्।  पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेका कारण ट्युनिसिया र पानामा दुवै अन्तिम खेलमा जित हासिल गर्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

पहिलो खेलमा इङ्ल्यान्डलाई २–१ को नतिजा सुम्पिएको ट्युनिसिया दोस्रो खेलमा बेल्जियमसँग ५–२ को फराकिलो अन्तरमा पराजित भएको थियो। त्यस्तै बेल्जियमलाई पहिलो खेलमा ३–० को नतिजा सुम्पिएको पानामा दोस्रो खेलमा इङ्ल्यान्डसँग ६–१ को फराकिलो अन्तरमा पराजित भएको थियो।

 

प्रकाशित: १४ असार २०७५ १९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App