८ वैशाख २०८१ शनिबार
खेल

जापानलाई भाग्यको साथ, फेयर प्लेले खोल्योे शीर्ष १६ को ढोका

काठमाडाैं - जापान 'फेयर प्ले' मा सेनेगल भन्दा अघि रहँदै नकआउट चरण प्रवेस गरेको छ। विहीबार भएको समुह चरण अन्तर्गतको अन्तिम खेलमा पोल्याण्डसँग एक शुन्य गोलले पराजित भएपनि जापान अर्को चरण प्रवेस गर्न सफल भयाे।

जापान र सेनेगलको समान ३ खेलबाट ४ अंक र गोल भिन्नता समेत समान शुन्य भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी हुँदै नकआउट चरण प्रवेस गर्यो।

फिफा विश्वकपको इतिहासमै पहिलो पटक फेयर प्ले अंक (पहेंलो÷रातो कार्ड सामना गरेको) आधारमा निर्णय हुँदा जापानले बाजी मारेको हो। समूह चरणका तीन खेलमा सेनेगलले ६ वटा पहेंलो कार्ड सामना गरेको थियो भने जापानी खेलाडीले चार मात्र पहेंलो कार्ड पाएका थिए।

समूह एच अन्तर्गत विहीबारको खेलमा पहिलो हाफकाे खेल गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको  ५९ औं मिनेटमा पोल्याण्डले खेलमा अग्रता बनायो। पोल्याण्डकालागि राफल कुर्जावाको पासमा जान बेडनारेकले डि बक्सभित्रबाट गोल गरे।

प्रतियाेगितामा पहिलो जितको खोजिमा रहेको पोल्याण्डले जापान विरुद्ध अग्रता बनाएपछि जापानले खेलमा फर्कन अन्तिम समय सम्म गरेका कैयौं प्रयासहरु सफल हुन नसक्दा बेडनारेकले गरेको गोलनै निर्णायक बन्न पुग्यो।

बिहीबार सम्पन्न समूह एच का अन्तिम खेलमा जापान पोल्याण्डसँग पराजित हुँदा सेनेगल समेत कोलम्बियासँग समान एक शुन्यलेनै पराजित भयो। यो समूहबाट तिन खेलमा २ मा जित र एकमा हार व्यहोरेको कोलम्बिया समूह विजेता बन्दा समान खेलमा एकमा जित एकमा बराबरी र एकमा हार व्यहोरेको जापान उपविजेता बन्दै अर्को चरण प्रवेस गर्यो। यो समूहबाट सेनेगल र पोल्याण्ड भने अर्को चरण प्रवेस गर्न असफल रहे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App