४ वैशाख २०८१ मंगलबार
खेल

पहिलो हाफमा पोल्याण्ड र जापानको बराबरी

काठमाडाैं - नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्य सहित विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापान अहिले पोल्याण्ड विरुद्ध खेलिरहेकाे छ।

भोल्गोग्राड रङ्शालामा जारी खेलको पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्। पहिलो हाफमा जापानका तिन र पोल्याण्डको १ प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए। पहिलो हाफको खेलमा बल पोसेसनमा पोल्याण्ड अघि भएपनि खेलमा अग्रता भने कुनै टोलिले बनाउन सकेनन्।

जापानसँगको खेलमा पोल्याण्डको एउटै लक्ष्य अन्तिम खेल जित्दै प्रतियोगिताको सुःखद अन्त्य गर्नु हुनेछ भने जापानले खेल बराबरीमा मात्रै टुङ्ग्याएपनि शिर्ष १६ मा प्रवेस पाउनेछ।

पोल्याण्डसँगको खेलमा जापानले सुरुवाती ११ मा ६ खेलाडी परिवर्तन गरेको छ भने पोल्याण्डले ५ खेलाडीमा परिवर्तन गरेको छ।

प्रकाशित: १४ असार २०७५ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App