coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जर्मनी र दक्षिण कोरियाको पहिलो हाफ बराबरीमा

रूस – विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अहिले समूह एफका जर्मनी र दक्षिण कोरियाको खेल जारी छ। कजान एरिना रंगशालमा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। 

पहिलो हाफमा जर्मनीले पाएका केहि अवसर सदुपयोग गर्न सकेन्। अघिल्ला दुई खेलमा हार व्यहोरेको कोरियाले जर्मनविरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न दिएको छैन्। कोरियालाई जर्मनीले पुरै दबाबमा राखेपनि सोचे अनुसारको खेल प्रदर्शन गर्न सकेको छैन्। जर्मनी विश्वकपको साविक विजेता हो।

पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश सम्भावना ब्युँताएको थियो। जर्मनीलाई अन्तिम १६ प्रवेश गर्न दक्षिण कोरियासँगको खेलमा जित एक मात्र विकल्प हो। त्यसमा पनि समूहको अर्को खेलमा मेक्सिकोले स्विडेनलाई हराउनुपर्नेछ वा आफूले फराकिलो अन्तरमा जित्नुपर्नेछ।

यता लगातार दुई हारपछि प्रतियोगिताबाट बाहिरिइसकेको दक्षिण कोरिया जर्मनीविरुद्ध जित हात पार्दै रूस विश्वकपको सुखद अन्त्य गर्न चाहन्छ। पहिलो खेलमा स्विडेनलाई १–० को नतिजा सुम्पिएको दक्षिण कोरिया दोस्रो खेलमा मेक्सिकोसँग २–१ ले पराजित भएको थियो।

प्रशिक्षक जोचिम लोउले स्विडेनविरुद्धको खेलमाा मेसुट ओजिलसहितका तीन मुुख्य खेलाडीलाई मैदानबाहिर राखेका थिए। स्विडेनविरुद्धको खेलमा रातो कार्ड सामना गरेका जेरोम बोएटिङ र नाकको चोटका कारण मिडफिल्डर सेवास्टिन रुडी दक्षिण कोरियाविरुद्धको खेलमा अनुपस्थित रहेका छन्। 

 

प्रकाशित: १३ असार २०७५ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App