८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप फुटबल : मेस्सीको गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

रूस – लियोनल मेस्सीले पहिलो हाफको १४ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। मेस्सीले  गाेल गरेसँगै यो  विश्वकपकाे १०० अाैं गाेल पूरा भएकाे छ।

समूह ‘डी’ अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा यी दुई राष्ट्र भिडिरहेका हुन्। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा भइरहेको छ। पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा भने क्रोएसियासँग ३–० को लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो।

नाइजेरीया भने पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २–० ले हराएको थियो। अन्तिम १६ मा प्रवेश गर्न यो खेलमा दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। बराबरीको नतिजाले पनि नाइजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ। तर त्यसका लागि समूहकै अर्कोे खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गर्नुपर्नेछ।

आइसल्यान्डको पक्षमा नतिजा आएमा नाइजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ। अर्जेन्टिनाले नाइजेरियालाई हराएर मात्र हुँदैन आइसल्याण्ड र क्रोएसियाको खेलमा पनि निर्भर हुनुपर्नेछ। अघिल्ला २ खेलभन्दा आक्रमक फुटबल खेलिरहेको अर्जेन्टिनाले नाइजेरियालाई दबाबमा राखेको छ। 

समूह ‘डी’ मा ६ अंक जोडेको क्रोएसिया नकआउट चरणमा प्रवेश गरिसकेको छ। ३ अंकका साथ नाइजेरिया दोस्रो स्थानमा छ। समान १ अंक जोडेको आइसल्यान्ड तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन्। विश्वकपमा सहभागी अन्य टोलीका चर्चित खेलाडीले गोल गर्दै प्रतियोगिामा आफ्नो उपस्थिति देखाइसेका छन्। मेसीले भने रूस विश्वकपमा यसअघिका २ खेलमा बललाई जाली चुमाउन सकेका थिएनन्।  उनी पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए।

प्रकाशित: १२ असार २०७५ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App