८ आश्विन २०७७ बिहीबार
खेल

अष्ट्रेलिया विरुद्ध पेरुकाे अग्रता

काठमाडाैं - समुह चरणबाटै वाहिरिएको पेरुले विश्वकप अन्तर्गतको आफ्नो अन्तिम खेलमा अष्ट्रेलिया विरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ। 

पेरुलाई अग्रता दिलाउने क्रममा खेलको १८ औं मिनेटमा एन्ड्रि क्यारिलोले गोल गरेका हुन्। क्यारिलोले पाउलो गुरेरोको पासलाई डि बक्स भित्रबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए। अष्ट्रेलियाले खेलमा आफ्नो दबाब कायम गर्दै गोल गर्ने केहि सुन्दर अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन। अष्ट्रेलियाका तर्फबाट गोल हुन नसकेपछि पहिलो हाफको खेलमा पेरुले अग्रता बनाएको हो। 

प्रतियोगिताबाट वाहिरिसकेको पेरुकालागि आजको खेल प्रतिष्ठाको लडाई मात्रै रहेको छ भने अष्ट्रेलियाको सम्भावना जिवितै रहेको छ ।

प्रकाशित: १२ असार २०७५ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App