१६ चैत्र २०८० शुक्रबार
खेल

विश्वकप फुटबल : पहिलो हाफमा रूसविरुद्ध उरुग्वे २–० ले अघि

रूस – रूसमा जारी विश्वकप फुटबलमा अहिले आयोजक राष्ट्र रूस र उरुग्वेको खेल जारी छ। समारा एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम चरणको खेलमा पहिलो हाफ सकिदा उरुग्वे २–० ले अघाडि छ।

उरुग्वेका लागि लुइस स्वारेजले एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो। खेलको १० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टनकुरलाई रूसका युरी गजिन्सकीले डि बक्स बाहिर फउल गरेपछि पाएको फ्रिकिकमा उरुग्वेका लुईस स्वारेजले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए।

२३ औं मिनेटमा उरुग्वेका डिएगो लासाल्टले करिब ३० याड टाडाबाट प्रहार गरेको बल रूसका डेनीस चेरिसेभको खुट्टामा लागेर आत्माघाति गोल भएपछि उरुग्वेले अग्रता दोब्बर बनाएको थियो। ३६ औं मिनेटमा रूसका इगोर स्मोलनीकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो। स्मोलनीकोभले उरुग्वेका डिएगो लासाल्टलाई फउल गरेका थिए।

रूसले अघिल्ला दुई खेलमा जस्तो प्रदर्शन गर्न नसक्दा पहिलो हाफमै २ गोल खान पुगेको छ। समूह ए मा रहेको रूसले उद्घाटन खेलमा साउदी अरबलाई ५–० र दोस्रो खेलमा इजिप्टलाई ३–१ ले पराजित गरेको थियो। त्यस्तै उरुग्वेले उद्घाटन खेलमा इजिप्टलाई र दोस्रो खेलमा साउदी अरबलाई समान १–० ले पराजित गरेको थियो। यी दुवै राष्ट्र विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन्। आजको खेलमा विजेता हुने टोली समूह विजेता बन्नेछ। 

 

प्रकाशित: ११ असार २०७५ १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App