coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेएसिया प्रशिक्षक

काठमाडौं - क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।

अर्जेन्टिना विरुद्धको खेलका बारेमा आफ्नो धारणा राख्दै ड्यालिकले अर्जेन्टिनासँगको खेल आफूहरुको लागि सहज भएको प्रतिक्रिया दिए। ड्यालिकले अगाडी थपे “मैले यो भन्न खोजेको होइन की अर्जेन्टिना सजिलो प्रतिद्वन्द्वी हो। मैले के भन्न खोजेको की हाम्रालागि यो खेल सहज रहेको छ। हामिले प्रतिद्वन्द्वी विरुद्ध राम्रो खेलिरहेका छौं।” ड्यालिकले आफुहरुसँग तिन अंक सुरक्षित रहेकोले समेत आजको खेलमा दबाबविना मैदान उत्रने बताए।

स्पेनिस क्लब बार्सिलोनामा मेस्सीसँगै रहेका क्रोयसियाका मिडफिल्डर र्याकिटिकले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको कुरामा द्विविधा नरहेको बताउँदै मेस्सीलाई रोक्न डिफेन्डरहरुलाई आवश्यक सुझाव दिइएको बताए। उनले मेस्सीको खेल शैलीका बारेमा थाहा नभएका विविध पक्षका बारेमा डिफेन्डरलाई सचेत गराइएको बताए।

आजको खेलमा क्रोयसिया विजयी भए नकआउट चरणका लागि छनौट हुनेछ। यसअघि भएको खेलमा क्रोयसियाले नाइजेरियालाई दुई शुन्य गोल अन्तरले पराजित गरेको थियो। त्यसकारण पनि आज बलियो मानिएको अर्जेन्टिना विरुद्धको खेलमा क्रोयसिया उच्च मनोबलका साथ मैदान उत्रनेछ। यता अर्जेन्टिना भने दबाबमा हुनेछ। पहिलो खेलमा आइसल्याण्डसँग एक एकको बराबरी खेलेको अर्जेन्टिनाको एक अंक मात्रै रहेको छ। अघिल्लो चरण प्रवेसका लागि बलियो स्थितीमा पुग्न आजको खेल अर्जेन्टिनाले जित्नु पर्ने दबाबमा हुनेछ।

खेल नेपाली समय अनुसार आज राती पौने १२ बजे हुनेछ।  
 

प्रकाशित: ७ असार २०७५ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App