१६ चैत्र २०८० शुक्रबार
खेल

कात्तिक दोस्रो साता ‘पोखरा प्रिमियर लिग’

पोखरा– चार महिनापछि पोखरामा फ्रेन्चाइजमा आधारित पोखरा प्रिमियर लिग प्रतियोगिता हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले टी–२० पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा गर्ने सार्वजनिक गरेको छ । विभिन्न शहरमा फ्रेन्चाइजमा आधारित क्रिकेट प्रतियोगिता हुँदै आएको अवस्थामा पोखरामा पनि यसै वर्षदेखि सुरु हुने छ । पोखरा प्रिमियर लिगभन्दा अघि इभेन्ट म्यानेजमेन्टले ती फ्रेन्चाइज शहरको यु–१६ बीच प्रतियोगिता आयोजना गरिने जनाएको छ।

कात्तिक दोस्रो साता हुने फ्रेन्चाइजमा आधारित क्रिकेट लिग यो तेस्रो हो। तर पोखरामा आयोजना हुने लिग भने पहिलो हो । पोखरा प्रिमियर लिगभन्दा अघि नै एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

‘क्रिकेटको ग्रासरुटदेखि नै विकास गर्ने उद्देश्यसहित फ्रेन्चाइज शहरको आफ्नै यु–१६ टिम बनाई प्रतियोगिता आयोजना गर्नेछौं ।’ क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले भने, ‘शहरले आफ्नो टोली भने ट्यालेन्ट हन्टबाट छनोट गरी तयार पार्ने छन् ।’ प्रतियोगितापछि पोखरा प्रिमियर लिग गरिने छ। खेलाडीले आफ्नै फ्रेन्चाइज शहरबाट क्रिकेट भविष्य खोज्न सक्ने छन्।

कात्तिक दोस्रो साता हुने फ्रेन्चाइजमा आधारित क्रिकेट लिग यो तेस्रो हो। तर पोखरामा आयोजना हुने लिग भने पहिलो हो । पोखरा प्रिमियर लिगभन्दा अघि नै एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भइसकेको छ । अन्य शहरले पनि स्थानीयस्तरमा प्रिमियर लिग भने गर्दै आएका छन्।

कात्तिक दोस्रो साता हुने प्रतियोगिताका लागि नेपालका ठूला शहरका नामबाट फ्रेन्चाइज टिम तयार गरिने छ। टिम एभरेस्ट र धनगढी प्रिमियर लिगबाहेकका अन्य तीन शहरले प्रतियोगितामा सहभागिता पाउने आयोजित पत्रकार सम्मेलनमा क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । गत वर्ष पोखराको नामबाट पोखरा राइनोसले काठमाडौंमा आयोजित एभरेस्ट प्रिमियर लिगमा सहभागिता जनाएको थियो।

भर्खरै नेपालले क्रिकेटमा एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । क्रिकेटको विकास र विस्तारको लागि क्रिकेट प्रतियोगिता नियमित आयोजना हुन थालेका छन् । यसको पछिल्लो उदाहरण हो सर्वाधिक पुरस्कार राशिको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता । पोखरा प्रिमियर लिगमा खेलाडी अन्य प्रिमियर लिगमा झैं अक्सन (खरिद) बाट छनोट गरिने उनले जानकारी दिए।

प्रिमियर लिगको लागि पोखरा रंगशालाको क्रिकेट मैदान मर्मतसम्भार गर्नुपर्ने खाँचो छ। क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगत टमटाले मैदानको आउटफिल्डदेखि पिचसमेत बनाउनुपर्ने आवश्यक रहेको बताए। त्यसका लागि आयोजकले तत्कालै क्युरेटर झिकाई काम सुरु गर्ने पत्रकार सम्मेलनमा बताएको प्रशिक्षक टमटाले नागरिकसँग टेलिफोन कुराकानीमा बताए।

प्रतियोगितामा ६ वटा शहर समावेश हुने छन् । काठमाडौं र विराटनगरसँगै नयाँ शहरलाई समावेश गर्ने योजना इभेन्ट म्यानेजमेन्टले जनाएको छ । उनका अनुसार असारको तेस्रो साता भारतबाट क्रिकेट पिच मर्मतका लागि क्युरेटर आउने छन् । ‘क्रिकेटको पिच मर्मत र आउट फिल्ड लेभलिङ गर्नुपर्ने खाँचो छ ।’ लामाले नागरिकसँग भने, ‘आउटफिल्ड लेभलिङ गरेपछि प्रतियोगिता आयोजना गर्न सहज हुने छ ।’ उनले प्रतियोगिताले पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।

पोखरा प्रिमियर लिग गतवर्ष धनगढीमा आयोजित डिपिएलकै स्तरमा गर्ने सोंच क्विन्स इभेन्ट म्यानेजमेन्टले बनाएको छ । डिपिएलमा विदेशी खेलाडीलाई समेत फ्रेन्चाइज टिममा समावेश गरिएको थियो । पोखरा प्रिमियर लिगमा पनि विदेशी खेलाडी समावेश गर्ने सम्भावना भने उत्तिकै छ । यद्यपि आयोजक इभेन्ट म्यानेजमेन्टले त्यस विषयमा पूर्ण जानकारी भने अझै दिएको छैन । पुरस्कार राशिसमेत खुलाइएको छ । प्रतियोगिताका लागि कति खर्च हुन्छ भन्ने अनुमानसमेत लगाई सकिएको छैन।

कास्की जिल्ला क्रिकेट संघले पनि पोखरा प्रिमियर लिग पोखरा रंगशालामा आयोजना गर्न स्वागतयोग्य भएको जनाएको छ । संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा रंगशालामा आयोजना गरिने पिपिएलले पोखराको क्रिकेटस्तर माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा रंगशालाको क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गर्दा शुल्क तिर्नुपर्ने प्रावधान छ । उनले प्रतियोगिता आयोजकले मैदान प्रयोग वापतको शुल्क भने तिर्नुपर्ने उल्लेख गरेका छन् । ‘राष्ट्रिय खेलकुद परिषद्ले मैदान निशुल्क उपलब्ध गराइदिनु भन्ने परिपत्र आएको अवस्थामा निशुल्क उपलब्ध गराउँछौ ।’ उनले भने, ‘अन्यथा सबैले शुल्क तिरेर आयोजना गर्दैआएका छन् । पोखरा प्रिमियर लिगसँग पनि शुल्क लिन्छौं।’

प्रकाशित: ६ असार २०७५ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App