१६ चैत्र २०८० शुक्रबार
खेल

पहिलो हाफमा क्रोएसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

रसिया - रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोएसियाबीचको पहिलो हाफको खेल सकिएको छ।

पहिलो हाफको खेल सकिँदा सम्म खेलमा क्रोएसियाले अग्रता कायम गरेको छ। खेलको ३२ औ मिनेटमा नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा अग्रता कायम गर्न सफल भयो।

सुरुवातमा क्रोएसियामाथी हावी देखिएको नाइजेरीया पहिलो हाफको मध्यतर्फबाट भने केहि कमजोर प्रदर्शन गरेको देखिन्छ। आजको खेलमा नाइजेरीयाको गोल पोष्ट सम्हालीरहेका फ्रान्सिस युजोहो यो विश्वकपकै सबैभन्दा कान्छा गाेलकिपर समेत हुन्।

प्रकाशित: २ असार २०७५ २०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App