७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो हाफ सकियाे : फ्रान्स ० - ० अष्ट्रेलिया

फिफा विश्वकप - फ्रान्स र अष्ट्रेलियाबीचको जारी खेलको पहिलो हाफका समय सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोल हुन सकेको छैन। दुवै टोलीले पाएका केहि अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा खेलमा अग्रता लिन सकेका छैनन्।  फ्रान्सले आक्रमक खेल खेलिरहेको भएपनी फिनिसिङमा चुक्न पुगेको छ भने उसका थुप्रै प्रहारहरु अष्ट्रेलियाका गोलरक्षक म्याट रायनले बचाएका छन्। फ्रान्सले अष्ट्रेलियामाथी खेलमा आफ्नो दबाब कायम गरिराखेको छ। फ्रान्सले विपक्षिको गोलपोष्टमा पाँच पल्ट प्रहार गर्दा समेत गोल गर्न सकेको छैन।

समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्। तर फिफा वरियतामा ७ औं स्थानमा रहेको फ्रान्सलाई हराउन ३६ औं स्थानमा रहेको अष्ट्रेलियालाई पक्कै सहज भने हुने छैन। व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्न नसकेको दुई दशक पूरा भएको छ। घरमै १९९८ को संस्करण आयोजना गर्दा च्याम्पियन बनेको टोली त्यसयता विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सधै निराश हुँदै आएको छ।

यता फिफा विश्व वरीयताको ३६ औं स्थानमा रहेको अस्ट्रेलिया रूस विश्वकपमा सहभागिता जनाउँदा कमजोर इतिहासमा सुधार ल्याउने लक्ष्यमा हुनेछ। पाँचौं पटक विश्वकपको हिस्सा बन्न लागेको टोलीले यसअघिका चार सहभागितामा अन्तिम १६ भन्दा माथिको यात्रा गर्न सकेको छैन।
 

प्रकाशित: २ असार २०७५ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App